हवाई सुरक्षाप्रति सरकार गम्भीर देखिएन : प्रदीप पौडेल
काठमाडाैं | चैत १९, २०७९
काठमाडौंः सांसद् प्रदिप पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
संसद्को शून्य समयमा बोल्दै सांसद् पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।
पौडेलले भने, ‘पछिल्ला रिपोर्टले प्रष्ट भन्छन्, नेपालमा हवाई दुर्घटनाको पछाडि इन्जीनले काम नगरेका जस्ता यान्त्रीक कारण भन्दापनि व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धीत निकाय यो विषयमा बेखबर जस्तै छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकताका साथ लिन्छन् । तर, हाम्रो मुलुकले गम्भिरतापूर्वक लिदैन ।’
पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटि देखिइरहेको उनको भनाइ छ। पौडेलले भने,‘यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले हवाई क्षेत्रमा देखिएका समस्या सम्बोधनमा सरकार गम्भीर बनोस् । उचित व्यवस्थापनका लागि समाधान खोजियोस् । ’
पौडेलले कुनै जहाजको पांग्रा खुस्किनु पर्ने अवस्था रहेको र उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्नुपर्ने स्थिती रहेको बताए । पौडेलले भने,‘ हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवईबाट काठमाडौं उड्नै लाग्दा कोपाइलटलाई पखाला चलेपछि १४३ यात्रु अलपत्र परे ।’
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

